Section 42
जनस्वास्थ्य मैत्री आवास, सार्वजनिक यातायात र सडक पूर्वाधार तथा सुरक्षा
: (१) आवास क्षेत्रहरूको निर्माण गर्दा स्वास्थ्यमैत्री हुने गरी सङ्घीय कानूनले तोकेको मापदण्ड र गुणस्तर कायम गर्नु पर्नेछ।
(२) सडक पूर्वाधार निर्माण गर्दा सडक दुर्घटना कम हुने गरी र स्वास्थ्य प्रवर्धनलाई ध्यानमा राखी निर्माण गर्नु पर्नेछ। नयाँ बन्ने सडक र पुराना सडकहरूको स्तरोन्नति गर्दा प्रचलित कानून बमोजिम तोकिएको स्थानमा फुटपाथ, अपाङ्गता मैत्री संरचना र साइकल लेनको प्रबन्ध मिलाउनु पर्नेछ।
(३) सार्वजनिक यातायात सञ्चालन गर्दा जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी वातावरण मैत्री बनाउन नेपाल सरकारले आवश्यक मापदण्ड तोकी कार्यान्वयन गर्न गराउन सक्नेछ।